३१ आश्विन २०८३, शनिबार

पर्वत सेवा समाज इजरायलको अध्यक्षमा चापागाईं

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दीया चापागाईं

इजरायल, २९ पुस । मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

शुक्रबार साझ इजरायलको तेलअभिवमा सो अधिवेशन भएको थियो । मातृभूमिका लागि पर्वत सेवा समाज रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालीको पर्वत जिल्लाका पर्वेतली आबद्ध संस्था हो । नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, शुसील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भए ।

अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ ।

इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।