धादिङ, २९ पुस । त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ दामेमौरमा स्कोर्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौँ तर्फ प्रस्थान गरेको बा १६ च ८७७३ नम्बरको स्कोर्पियो शनिबार अनियन्त्रित भइ पल्टिँदा चितवन रत्ननगरपालिका ७ का ३८ वर्षीय चालक भाजुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार उक्त जिप सडकबाट झण्डै ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया खिम कुमारी महतो घाइते भएकी छिन् । घाइते महतोको धार्के स्थित स्थानीय अस्पतालमा उपचारमा भइरहेको छ ।












प्रतिक्रिया