२२ कार्तिक २०८३, आइतबार

घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २८ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ ।

विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन बृद्धबृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।

‘एकल महिला सबैलाई घर बनाइदिने कि भनेर तथ्यांक संकलन गर्दा धेरै आएकाले निश्चित कोटा निर्धारण गरेका हौँ’ प्राधिकरणका काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले भन्छन्, ‘ती तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइसकिएको छ ।’

घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए । –रासस