
जनकपुर, २९ पुस । धनुषामा हालसम्म चिसोका कारण ४ जनाको मृत्यु भएको छ । चिसो छल्न आगो ताप्ने क्रममा बिहीबार राति जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
घाइते हंशपुर नगरपालिका–८ की २३ वर्षीया सुजना महराको उपचार गर्दागर्दै जनकपुर अञ्चल अस्पतालमा शनिबार राति मृत्यु भएको हो । महराको मृत्युसँगै जाडोको कारण जिल्लामा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा ४ महिने बालकसहित ४ जनाको ज्यान गएको छ ।












प्रतिक्रिया