२२ कार्तिक २०८३, आइतबार

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुनै (डोल्पा), २७ पुस । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नम्बर ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट दुई करोड ३२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ । मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी बिहीबार बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो । –रासस