२२ कार्तिक २०८३, आइतबार

कान्छी श्रीमतीद्वारा जेठीको हत्या

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २६ पुस । सल्यानको दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौताले बन्चरो प्रहार गरी हत्या गरेकी छन् । २६ वर्षिया कल्पना चन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन् ।

हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ । मंगलबार राती १० बजे भएको झगडा पछि विहान १ बजेतिर कल्पनाले बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । चन्दकोे खोजी भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरीक्षक भरत बहादुर विकले जानकारी दिए ।

मृतक खत्रीलाइ जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएकोे उनले जानकारी गराए । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।