पोखरा, २६ पुस । युवा संघ नेपालका अध्यक्ष एवम् कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य राजीब पहारीले चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न थालेका छन् । चुनाव जितेलगत्तै जनताको घरदैलोमा ब्यस्त रहेका पहारीले कास्कीकोटका जनतालाई पानी सहज रुपमा उपलब्ध गराउन पाइप वितरण गरेका छन् ।
पोखरा नजिकै रहेको कास्कीकोटका जनता घन्टौं हिडेर पानी बोकेर खान बाध्य थिए । चुनाव प्रचारप्रसारको क्रममा पहारीले पानीको प्यास मेटाउदै भनेका थिए, ‘मैले हारे पनि जिते पनि जनताको घरघरमा पानी पहल गर्छु ।’ जनतासँग गरेको प्रतिबद्धताअनुसार पहारीले मंगलबार सहज रुपमा पानी ल्याउन १५०० मिटर पाइप कास्किकोट लप्सिढुङ्गामा एक कार्यक्रम आयोजना गरी बितरण गरेका छन् ।
पाइप पाउँदा पानी बोक्ननपर्ने भएपछि स्थानीयले राहतको महसुस गरेका छन् । अब उक्त पाइपको प्रयोगबाट जनताको घरघरमा सहजै पानी पुग्नेछ । घन्टौंसम्म बोकेर पानी खानुपर्ने बाध्यता हट्ने भएको छ । पाइप वितरणपछि स्थानीयबासीलाई सम्बोधन गर्दै पहारीले जनताको हरेक सुखदुःखमा साथ दिने प्रतिबद्धता जनाए।














प्रतिक्रिया