२२ कार्तिक २०८३, आइतबार

अन्तिम नजिता सार्वजनिक गर्न निर्वाचन आयोगलाई दवाव

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । समानुपातिक निर्वाचन परिणाम तल्काल सार्वजनिक गर्न साझा अभियानमा आवद्ध सस्थाहरुले आग्रह गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा महिला सहभागिताका लागि साझा अभियानले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको एक महिना बढी हुँदा पनि निर्वाचन आयोगले औपचारिक रुपमा समानुपातिकतर्फको परिणाम सार्वजनिक नगरेकोमा खेद ब्यक्त गरेको छ
।

देशभरिका मतदाताले मतदान गरिसकेको मत परिणाम छिटो सार्वजनिक नगर्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएर हासिल गरेको सफलतालाई छायाँमा पार्ने गरी आयोगले सबिधान र जनभावनालाई कुल्चेको भेलाका सहभागीहरुले आरोप लगाएका छन् ।

निर्बाचन आयोगले आफनो घरको सम्पत्ति जस्तो गरी जनताको मतमाथि खेलबाड गरेको सरोकारवाले बताएका छन ।

निर्वाचन आयोगले जे परिणाम छ त्यसलाई औपचारिक रुपमा तत्काल सार्वजनिक गरी मुलुकलाई निकास दिने गरी जिम्मेवारी पूरा गर्नुपर्ने र संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभामा महिलाको सहभागिता क्रमशः ३७ र ३३ प्रतिशत हुनु पर्ने व्यवस्था रहेकोमा त्यसलाई कायम गर्ने गरी कार्यान्वयन प्रकृया अगाडि बढाउन जोडदार माग गरेको छ ।

देशभरिका पाँच सयभन्दा बढी नागरिक संगठनहरु आबद्ध रहेको साझा अभियानको भेलाले निर्बाचन आयोगलाई जनताको मत पोको पारेर थन्क्याउने कुनै पनिअधिकार नभएको भन्दै तत्काल सार्बजनिकनगरे जनताले आपनो मतलाई सार्बजनिक गर्न आफै अग्रसर हुने चेतावनी पनि दिएका छन् ।