अमेरिका । प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ति दिएपछि पक्राउ परेका अभियन्ता डा.गोबिन्द केसीको अभियानमा हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको छ ।
अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।
फाउण्डेशनले अदालतप्रति आफूहरूको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भएको जनाएको छ ।
केही व्यक्तिले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उसप्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया