२२ कार्तिक २०८३, आइतबार

नियन्त्रित लागुऔषध नाईट्रोभेटसहित दुई व्यक्ति पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

कमवानपुर, २३ पुस । मकवानपुर प्रहरीले नियन्त्रित लागुऔषध नाईट्रोभेटसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरीमा सवारी चेकजाँचको क्रममा स्कुटरमा लुकाएको अवस्थामा शनिबार साँझ सो लागुऔषध बरामत गरेको हो ।

पक्राउ पर्नेहरुमा स्कुटरमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ का संजय चौधरी र सोही ठाउँ बस्ने २६ वर्षीय संजय भुजेल रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित प्रहरी चेकपोष्टमा सवारी साधन रोकी चेक जाँच गर्ने क्रममा हेँटौडा बाट चितवन तर्फ जादै गरेको ना ४२ प ४६४७ नम्बरको स्कुटरको फुट प्यानलभित्र कालो प्लाष्टिक भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १९ पत्ता (५७० ट्याब्लेट) र रेस्काप ३ बोत्तल सहित उनीहरुलाई पक्राउ गरेका हो ।

पक्राउ परेका उनीहरुमाथि लागू औषध ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।