महेन्द्रनगर, २३ पुस । सामाजिक सञ्जाल फेसबुकबाट दलित समुदायलाई अपमान हुने गरी अपशब्द लेख्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१२ ऐरीका दिलिप पन्तलाई आइतबार पक्राउ गरेको हो।
उनीविरुद्ध प्रहरी साइबर क्राइम मुद्दा चलाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले फेसबुकमा अपशब्द लेखेर अपमान गरेको उजुरीपछि पन्तलाई पक्राउ गरिएको बताए।
‘फेसबुकबाट अपमान ग¥यो भनेर उजुरी आएपछि नियन्त्रणमा लिएका हौं, दोषी पाइए साइबर क्राइम मुद्दा लगाउँछौं,’ प्रहरी निरीक्षक जोशीले भने ।
संघको अगुवाईमा विभिन्न दलित समुदायको हक अधिकारका लागि कार्यरत संघ संस्थाहरुले शुक्रबार पन्तविरुद्ध उजुरी दिएका हुन् । पन्तले पुस २० गते आफ्नो फेसबुकमा ‘डुम भनेका लास्टै डुम हुँदा रहेछन्’ भनेर स्टेशन अपडेट गरेका थिए ।
पन्तले संविधान ऐन कानून सबै मिचेर दलित समुदायको प्रतिष्ठामा आँच पुग्ने गरी अपशब्द प्रयोग गरेकाले जातीय विभेद र साइबार अपराधमा कारवाहीको लागि उजुरी दिइएको पीडित दिलाराम टमाटाले बताए । ‘संविधान विरुद्ध बोलेर दलितमाथि अपमानित गरेकाले कारवाही हुनु पर्छ’ उनले भने ।
प्रहरी कार्यालयमा दिइएको जाहेरीको बोधार्थ राष्ट्रिय दलित आयोगमा समेत गराएको छ । संघले पन्तको स्टेटशमा टिप्पणी गर्ने र त्यसलाई लाइक गर्ने व्यक्तिलाई समेत उजरीमा कारवाही गर्न माग गरिएको छ ।
यसैबीच नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले सामाजिक सञ्जाल फेसबुकबाट दलित समुदायलाई अपशब्द प्रयोग गर्ने दिलिप पन्तलाई कारवाहीको माग गरेको छ ।
समाजले प्रेस विज्ञप्ति जारी गरी फेसबुकमा प्रयोग गरिएका शब्दले समुदायको सामाजिक प्रतिष्ठामा आँच पुगेको उल्लेख गर्दै कारवाहीको माग गरिएको छ । समाजका जिल्ला सचिव तारा रैकालले विज्ञप्ति प्रकाशित गरी जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कारवाही गर्न माग गरेका छन् ।
यस्तो छ पन्तविरुद्धको उजुरीः













प्रतिक्रिया