– झलक पाली
डोटी, २३ पुस। प्रदेशको राजधानीका विषयमा ठाउँ ठाउँमा आन्दोलन भएपछि नेपाल सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने विकल्प खोजिरहेका बेला आन्दोलनकर्ताहरुले भने आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन् ।
डोटीका विभिन्न ठाउँहरुमा विभिन्न शैलीमा आन्दोलन जारी रहेकै बेला नेकपा एमालेको डोटी–काठमाडौ सम्पर्क मञ्चले आइतबार काठमाडौमै दबाबमुलक कार्यक्रम गर्न लागेको छ ।
प्रदेश नं. ७ घर भई हाल काठमाण्डौमा बस्दै आएका दिपायल राजधानीका पक्षधर सबै राजनीतिक दल, अधिकारकर्मी, व्यापार व्यवसायी, विद्यार्थी, पत्रकार सबैको सहभागितामा दिउँसो २ बजे काठमाडौको माईती घर मण्डलामा दवावमूलक कार्यक्रम आयोजना गरिने एमाले डोटी–काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष टेक बमले जानकारी दिए ।
प्रदेश नं. ७ को राजधानी दिपायल नै हरेक दृष्टिकोणले उपयुक्त रहेकाले दिपायल कायम नहुञ्जेल संकर्ष गरिरहने बमले बताए ।
हिजो शनिबार मात्रै डोटी–काठमाण्डौ सम्पर्क मञ्चले डोटी जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा विजयी बाम उम्मेदवारहरुलाइ बधाई तथा शुभकामना आयोजना गरेको थियो ।
पुर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष भीम रावलको प्रमूख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै नव निर्वाचित प्रतिनिधी सभाका सांसद प्रेम आलेमगरले प्रदेश नं. ७ को दुरगामी हितका लागि दिपायल राजधानी हुनुपर्नेमा जोड दिएका थिए ।












प्रतिक्रिया