२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी (मोरङ), २२ पुस । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सहचालकको शनिबार दिउँसो मृत्यु भएको छ ।

टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को १ त ९७१६ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा स्थानीय मंगलबारे अस्पतालमा मृत्यु भएको हो । ट्रयाक्टरलाई नियन्त्रणमा लिए पनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिए । –रासस