२२ कार्तिक २०८३, आइतबार

जनकपुरमा तरकारी बेच्ने महिलाको शव फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ पुस । जनकपुर उपमहानगरपालिका–९ मा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेकी हुन् ।

यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ । –रासस