२२ कार्तिक २०८३, आइतबार

कार्यकर्ता हत्याको विरोधमा रुपन्देही बन्द

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

रुपन्देही, २२ पुस । कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले शनिबार रुपन्देही बन्द गरेको छ । बन्दले जनजीवन प्रभावित बनेको छ । स्कुल, संघ–संस्था तथा बजार खुल्न सकेका छैनन् ।

बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । रुपन्देही देवदह खैरेनीका बसन्त पौडेल बलु लाई देवदह–२ ढेकारमा रहेको आफनो काष्ठ उद्योगमा शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गर्दै युवा संघले बन्दको आह्वान गरेको अध्यक्ष नहकुल शाहीले जानकारी दिएका छन् ।