३१ आश्विन २०८३, शनिबार

बाजेको सेकुवा न्युयोर्कमा खुल्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको लोकप्रिय एफएण्डबि ब्राण्ड बाजेको सेकुवा अब चाँडै नै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ ।

बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त व्यवसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी, केदार प्रसाद श्रेष्ठ, मेहेश बहादुर भट्टराई र गणेश लम्साल लगायत आवद्ध छन् ।

नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो शाखा हुनेछ ।

आउँदो ६ वर्षभित्र अमेरिकामा थप ७ वटा शाखा खोल्ने अध्यक्ष भण्डारीले जानकारी दिए । बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखा विस्तार गर्ने उद्धेश्य राखेको छ ।