३१ आश्विन २०८३, शनिबार

लाखौं भारतीयलाई अमेरिकाबाट हटाउने ट्रम्पको नयाँ नीति, नेपालीलाई के हुन्छ ?

35.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, २१ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याउन लागेको नयाँ नीतिले पाँच लाख भारतीयहरुले अमेरिका छाड्नुपर्ने अबस्था देखिएको छ ।

ट्रम्प प्रशासनले एचवान वी भिसा (दक्ष आप्रवासी कामदारलाई दिने भिसा) मा अमेरिका पुगेका आप्रवासीलाई कडाई गर्न लागेका हुन् ।

बिदेशी सुरुमा तीन बर्ष एचवान वी भिषा दिने, त्यसलाई फेरि एकपटक तीन बर्षका लागि नवीकरण गर्ने तर त्यसबीचमा ग्रीनकार्ड प्राप्त गर्न नसके उनीहरुले स्वतः अमेरिका छाड्नुपर्ने व्यवस्था मिलाउन लागिएको अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

ट्रम्पको यो नीतिले झण्डै ५-७ लाख भारतीय कामदारले अमेरिका छाड्नुपर्ने हुन्छ । अहिले अमेरिकामा लाखौँ भारतीय दक्ष जनशक्ति कार्यरत छन् । विशेषगरि सूचना प्रविधिको क्षेत्रमा काम गर्नका लागि एचवानबी भिसा लिएर बर्षेनी हजारौँ भारतीयहरु अमेरिका पुग्ने गरेका छन् । ट्रम्पको यो कदमले लाखौं भारतीयको अमेरिकी सपना तुहिने पक्का छ ।

नेपालीलाई के असर पर्छ ?

अमेरिकीको तुलनामा एचवान बी भिसा लिएर अमेरिका पुग्ने नेपालीको संख्या असाध्यै न्यून छ । काठमाडौंस्थित दूतावासबाट यो भिसा लिएर नगन्य मात्रामा नेपालीहरु जाने गरेका छन् । ट्रम्पको यो नीतिले नेपालीलाई भने खासै असर नगर्ने अमेरिकामा कार्यरत संचारकर्मी विजय थापा बताउँछन् । अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर, तीमध्ये अधिकांश सामान्य काम छन् ।