२२ कार्तिक २०८३, आइतबार

वादी समुदायलाई न्यानो कम्बल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २१ पुस । सात ७ नं प्रदेश नेपाल प्रहरी संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ ।

संघका अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गर्नुभएको हो ।

केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्धवृद्धा प्रभावित बनेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले नेपाल प्रहरी श्रीमती संघले देशभर कम्बल बाँड्ने, राहत दिने तथा सीपमूलक तालीम सञ्चालन गर्दैआइरहेको बताउनुभयो । रासस