५ कार्तिक २०८३, बिहिबार

सिपद्रीले नयाँ वर्षको अवसरमा भोलिदेखि जनवरी फेष्ट गर्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० पुस । नेपालका लागी टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडीङ प्रालिले नयाँ बर्षको अवसरमा जनवरी फेष्ट कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त फेष्टमा टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा शुक्रबारदेखि आइतबारसम्म (पुस २१ देखि २३) संचालन हुने सिप्रदीले बताएको छ ।

सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेष्ट, टियागो, टिगोर, हेक्सा तथा स्ट्रोमलगायतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज गर्ने मौका पाउने कम्पनीले जनाएको छ । कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक शो, मनोरञ्जनात्मक नृत्यहरुहरुको मज्जा लिन सकिने कम्पनीको भनाइ छ ।

उक्त अवधिभर बुकिङ गर्ने ग्रहाकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको बताइएको छ । बिहान १० बजेदेखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहनेमा पनि कम्पनीले विश्वास लिएको छ ।