२२ कार्तिक २०८३, आइतबार

प्रशासनको निर्देशन नगरपालिकाले नमान्दा सर्वसाधारणले आगो ताप्न पाएनन्

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २० पुस । लगातारको शीतलहरले तराईका जिल्लाहरुको जनजिवन कष्टकर बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगरपालिकालाई चोक चोकमा दाउरा उपलब्ध गराउन निर्देशन दिएता पनि नगरपालिकाले बेवास्ता गरेको छ । बढ्दै गएको जाडो छल्नको लागि दाउरा उपलब्ध गराएर नगरबासीलाई राहतको अनुभव गराउन गत ३ दिन अगाडि नै कार्यविभाजन समेत गरि प्रशासनले भनेता पनि अहिले सम्म सिद्धार्थनगर नगरपालिकाले सर्वसाधारण जनतालाई दाउरा उपलब्ध गराएको छैन ।

बिहीबार ‘भैरहवा मर्निङ्वाक गु्रप’ले बढ्दो चिसोलाई न्यूनीकरण गर्ने आधार आगो मात्रै भएको र दाउरा माग गर्न गएपछि नगरपालिकाको यस्तो रहस्य खुलेको हो । लगातारको शीतलहरले दैनिक काम गर्न कठिन भएपछि सर्वसाधारणलाई चोकचोकमा दाउरा उपलब्ध गराउने गरी कार्य विभाजन गराएपनि नगरपालिकाले ढिलासुस्ति गरेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताए ।

नगरपालिकामा कर्मचारीले काम नगरेको र अहिले नगरप्रमुख आएपछि समाजमा काम गर्न सहज हुन्छ भन्ने थियो तर चिसो छल्नको लागि नगरपालिकाले पहल गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयले निर्देशन दिँदा समेत बेवास्ता गर्नु निकै दुःखद् कुरा रहेको स्थानीय जीवन आचार्यले बताए । सिद्धार्थ नगरपालिकाले नगरलाई खुला दिसामुक्त नगर घोषणा गर्न लागेकोले दाउरा नफालेको नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।