काठमाडौं, २० पुस । ठमेल पर्यटन विकास परिषदले पर्यटन व्यवसायी वकिल बमलाई सम्मान गरेको छ ।
ठमेल क्षेत्रको पर्यटनमा उल्लेखनिय योगदान गरेको भन्दै अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजित समारोहमा बमलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
समारोहमा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समीर गुरुङलगायतले बमलाई खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
कालिकोटबाट अध्ययन सिलसिलामा राजधानी आएका बमले हाल ठमेलमा विभिन्न व्यवसाय सम्हाल्दै आएका छन् ।
















प्रतिक्रिया