२२ कार्तिक २०८३, आइतबार

७५ वर्षिय बृद्धाले नागरिकता बुझदै भनिन्ः ‘अब मैले पनि भत्ता पाउँछु’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौली निवासी ७५ वर्षीय धनपाती अहिरले नेपाली नागरिकता बुझ्दै ।

– माधव बेल्वासे
कपिलवस्तु, १९ पुस । उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको, चाउरी परेको अनुहारमा एकाएक खुसी छायो, जब धनपाती अहिरले ७५ वर्षको उमेरमा नागरिकता पाइन् । श्रीमान जयसराम अहिरसँग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी थिइन, उनी । ७५ वर्षको हुँदासम्म उनलाई नेपाली नागरिकता कस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौली निवासी अहिरले ७५ बर्षको उमेरमा इलाका प्रशासन कार्यलय चन्द्रौटाबाट बुधबार नागरिकता पाएकी हुन् । गाउँपालिकाको सिफारिस पछि श्रीमान जयसराम अहिरले उनलाई चन्द्रौटा इलाका प्रशासनमा लिएर आएका थिए । नागरिकता नपाउँदा विभिन्न सेवा सुविधाबाट बन्चित हुँदासम्म उनलाई केही पत्तो थिएन । नेपाल सरकारले के कति सुविधा दिन्छ भन्ने उनलाई अहिले सम्म पनि थाहा छैन ।

विस २००० मा जन्मिएकी अहिरले अब नागरिकता बनेपछी भत्ता पाउने भएकी छिन् । आफु भन्दा कम उमेरकाहरुले भत्ता पाउँदा उनको नागरिकता थिएन । गाउलेहरुले बृद्धा भत्ता पाईन्छ भनेपछि श्रीमानले उनलाई नागरिकता बनाउने योजनासहित वडामा लगेका थिए ।

सरकारले भत्ता दिने भएपनि नागरिता नहुँदा भत्ता नपाएकोउनले बताइन् । इलाका प्रशासनका प्रमुख जगदिश अर्यालले बृद्धा नागरिकता बनाउन आएको थाहा पाएपछि कार्यक्रमबाट छिटै कार्यलय तर्फ फर्किएको बताए । कार्यालय आइपुग्दा साँझ ५ बजेको थियो । बृद्धा अर्यालको पर्खाइमा थिइन तर कार्यलय समय सकिएको भएपनि प्रमुख अर्यालले बृद्धाका नागरिकता बनाइदिए । नागरिकता बुझ्दै बृद्धाले खुसी हुँदै भनिन् ‘अब मैले पनि बृद्धा भत्ता पाउछु’ ।