काठमाडौँ, १९ पुस । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बुधबारबाट सहायक रथी गोकुल भण्डारीले सम्हालेका छन् । सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
करिव ३ सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेषगरी डिफेन्स विटसँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि दाहालले आभार प्रकट गरे ।
सहायक रथी भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया