३१ आश्विन २०८३, शनिबार

खोटाङ सेवा समाज कतारले २१औँ वार्षिक उत्सव मनाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । खोटाङ सेवा समाज कतारले २१औं वार्षिक उत्सब भब्यताका साथ मनाउने तयारी गरिरहेको छ ।

महासचिव कैलाश श्रेष्ठका अनुसार विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाउने तयारी गरिएको हो । स्थान र हल ब्याबस्थापन गरिसकेको संस्थाले आगामी फेबु्रअरी २ तारीख २०१८ का दिन कतारको सनैयस्थित ग्रेन्ड मल पछाडि रहेको रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ ।

कतारमा हाल स्थापित र सकृय सम्पुर्ण सघ सस्था तथा जिल्ला सस्थाहरु मध्य सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ ।

खोटाङ सेवा समाज २०५४ सालमा स्थापना भएको हो । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा श्रमिकका लागि आएका नेपालीहरुलाई आई पर्ने विभिन्न दुःख र समस्या समधान गर्न सम्बन्धित निकाय र सम्बन्धित ब्यक्तिलाई जानकारी सूचना उपलब्ध गराउनका निमित्त सहयोगी भूमिका र समन्वयन गर्ने उद्देश्यले स्थापना गरिएको सस्थाले २०औं वर्षसम्म विभिन्न काम गरिसकेको छ ।