कालिकोट, १८ पुस । कालिकोटमा एक सयभन्दाबढी घरधुरीले खाँदै आएको खानेपानीको धाराबाट भात आएको छ । कालिकोटको पलाँता गाउँपालिका–९ स्थित थिर्पुमा रहेको खानेपानी धाराबाट भात आएको स्थानीयले बताएका छन् ।
२०६४ सालमा निर्माण गरिएको दाम्रिपुछर खानेपानी आयोजना अहिले जीर्ण अवस्थामा छ । खोलाबाट आउने कुलो र खानेपानीको पाइप एकै ठाउँमा भएकाले दुषित पानी मिसिएर आउने गरेको छ । कालच्युरी, पिलकोट, वड, लखनवाडालगायतका बस्तीहरुमा दुषित पानीका कारण स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् ।












प्रतिक्रिया