– माधव बेल्वासे
कपिलवस्तु, १७ पुस । कपिलवस्तुको विजयनगर गाउपालिकाद्धारा निम्न स्तरका घरपरिवालाई कम्बल वितरण गरिएको छ । चिसो बढ्दै गएकोले गरिवी, दुःखी, असहाय, वृद्धवृद्धा, अपाङ्ग लगायत गरि प्रत्येक वडामा ३० घरपरिवालाई वितरण गरिएको विजयनगर गाउपालिका का प्रशासकिय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका ७ वटा वडा गरी २ सय १० घरपरिवारलाई वितरण गरिएको अधिकृत चौधरीले वताउनु भयो ।
चिसोको समयमा गरिवी दुखीको दैनिकीमा निकै कष्टकर भएको भन्दै कम्बलले केहि साहारा हुने गाउपालिका प्रमुख गोपाल वहादुर थापाले वताउनु भयो ।थापाका अनुसार गाउपालिका भित्र रहेको गरिव दुखीहरु तथा निम्न स्तरका घरपरिवारलाई वितरण गरेको वताउनुभयो ।गरिवी कारण ओढने कपडा समेत नहुदा समस्या भएको कारण गाउपालिकाकै तर्फ वाट वितरण गरिएको थापाले दावी गर्नुभयो ।मधेशी समुदायको वाहुल्यता भएको ठाउमा धेरै समस्या देखीएको उहाले वताउनुभयो । दैनिकी रुपमा ज्यालादारी गरेर कमाएको पैसाले विहान साझ खाना सम्म नपुग्ने अवस्था रहेका व्यक्ति चिसो वाट प्रभावित वन्नु परेको थापाले वताउनु भयो ।
जिल्लाको सुदुरपश्चिम क्षेत्रमा ३ दिनको भित्र सम्पुर्ण वडाहरु वितरण गरिएको हो । करिव साढे चार लाख वरावरको कम्बलले स्थानियहरुलाई केहि राहतको महशुस हुने अधिकृत चौधरीले वताउनु भयो । कम्बल पाएपछि स्थानियहरु खुसी भएका छन ।विजयनगर गाउपालिका वडा न १ वस्ने अदालत कोरीले कम्बल पाएपछी खुसी व्यक्त गर्नुभएको छ । जाडोको समयमा छोरा छोरीलाई चिसो वाट वचाउन निकै मुस्कील परिरहेको बेला गाउपालिकाले कम्बल दिएकोमा उहाले धन्यवाद दिनुभयो ।













प्रतिक्रिया