कपिलवस्तु १६ पुस । कपिलवस्तुको महाराजगञ्ज नगरपलिकामा साँढे गोरुको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । साँढेको अक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नम्बर ३ बस्ने द्वारीका गुप्ताकी १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको स्थानीय बृजेश यादवले जानकारी दिए ।
साँढेको अक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् । त्यस्तै बगाहियाका सुसु भनिनेको ढाड भाँचिएको छ । उनको भारतको लखनाउमा उपचार भइरहेको रामवली यादवले बताए । साँढेले अन्य दुई जना घाइते बनाएको छ । गौडहवामा पनि चार जना साँढेको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जानकारी दिएको छ ।
साँढेले बाटोमा हिडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको मनोवर धुनियाले बताए । महाराजगञ्ज नगरपालिकाले साँढेलाई नियान्त्रण गर्नका लागि प्रहरी जवान, पशु सेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको छ ।












प्रतिक्रिया