५ कार्तिक २०८३, बिहिबार

बृद्धाश्रम निर्माणका लागि नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडको इटहरी शाखाले ‘माया घर’ नेपाल लाई बृद्धाश्रम निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले ‘माया घर’लाई ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग गरेको बताएको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका थिए । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिलाहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था ‘माया घर नेपाल’ले इटहरी उपमहानगरपालिका वडा नम्बर २ हवाई चोकमा बृद्धाश्रम बनाउने उद्देश्यले गत पुस ८ देखि १५ गतेसम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ संचालन गरेको थियो ।