काठमाडौँ, १६ पुस । नियन्त्रित लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२९ गोंगबुस्थित सडकबाट सुनसरीको बराह नगरपालिका–३ का १९ बर्षीय मदन लिम्बुलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५१ एम्पुल, डाइजेपाम ५१ एम्पुल र फेनारगन ५१ एम्पुल बरामत गरेको छ । लागूऔषध झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा लिम्बुलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको हो । लिम्बुविरुद्ध लागूऔषध मुद्धामा थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।












प्रतिक्रिया