– अर्जुन सिंह
(झलारी) कञ्चनपुर, १४ पुस । कञ्चनपुरको सबै भन्दा छोटो बाटोको रुपमा निर्माणधिन बंक नायल बुडर सडक खण्डको निर्माण कम्पनीले सडक निर्माणको स्टेमेट विपरित कम्सल बाटो निर्माण गरिरहेको पाइएको छ ।
केही महिना देखी निर्माणधिन कृष्णपुर नगरपालिका–१ गोदाम डाँडादेखि बण्ड क्षेत्रमा निर्माण कार्य गरिरहेको आर.बी. कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले होम पाइप राख्ने काम स्टमेट अनुसार नगरेको स्थानीयले बताएका छन् ।
निर्माण कम्पनिले निर्माण गर्न लागेको सडकमा ‘पिपिसि र सोलिङ स्टमेट’ भन्दा कम र सडकमा ८ हजार घन मिटर माटो, २ हजार २ सय घनमिटर ग्राविल नहाली सडक निर्माण नगरेको कृष्णपुर नगर पालिका वडा नम्बर–१ वण्डका स्थानीय तथा जगदम्वा मयुर सामुदायिक वनका अध्यक्ष धन बहादुर विष्टले बताए । उनका अनुसार पिपिसि हाल्दा आवश्यकता भन्दा कम सिमेन्ट हालेको गुनासो गरेका छन । ‘सानोतिनो सिमेन्ट हालेर होम पाइप राखेको छ,’ विष्टले भने ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका २ जना साइड ईन्जिनयिर हुँदा हुदै पनि निर्माण कम्पनीबाट गुणस्तरीय काम गराउन सकेका छैन् । पन्तका अनुसार स्थानीयले साइड ईन्जिनियरद्धारा होम पाइप हाल्नु पूर्व पुरा गर्नुपर्ने मापदण्ड चेकजाँच गराएपछि स्टेमेटभन्दा कम पिपिसि हालेको पाइएको थियो ।
गत वर्ष जोशी पनि यसै सडकमा निर्माण सेवाले गरेको काम पनि गुणस्तरीय नभएको स्थानीय तथा नेकपा माओवादी केन्द्रका महाधिवेसन आयोजक कमिटिका सदस्य अर्जुन साउँदले बताए । उनका अनुसार जोशी निर्माण सेवाले कलभर्ड निर्माण गरेको थियो । ‘जोशी निर्माण सेवाले कलभर्ड निर्माण गर्दा १ बोरा सिमेन्टमा ३ बोरा वालुवा हाल्नु पर्ने थियो । तर, निर्माण सेवाले १ बोरा सिमेन्टमा ५ बोरा वालुवा हालेर वनाएकोे छ र ९ हजार घन मिटर माटो र २५ सय घनमिटर ग्राविल हाल्नु पर्नेमा नहालिकन निर्माण पुरा गरेको,’ साउँदले भने । सडक विभागका कर्मचारी र निर्माण व्यवसायीको मिलोमतोमा गुणस्तरहिन काम हुने गरेको साउँदले बताए ।
‘गत वर्षको निर्माण कार्य स्टेमेट अनुसार नहुँदा स्थानीयले आवाज उठाउदा पनि कुनै सुनवाई नभएको नगरिकनै सडक डिभिजनले ठेकेदारबाट पैसा खाएर ठेक्काको पैसा पुरै भुक्तानी दिएको,’ साउँदले वताए ।
निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य महेशदत्त जोशीले स्थानीयले स्टमेट अनुसार काम नभएको बताएको बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख लक्ष्मी भट्टलाई सडकको अनुगमन गर्न निर्देशन दिएको बताए । ‘स्थानीयले ठेकेदार र सडक डिभिजनको मिलोमतोमा स्टेमेट अनुसार काम नभएको बताएका छन्, वंक नायल बुडर सडकको कामका बारेमा सोधपुछ गर्दा सडक डिभिजन प्रमुखले यस विषयमा भने बताउन मानेन्, उहाले वनको झमेला छ भनेका थिए, सडक विभागका महानिर्देशकसँग कुरा गरेर समस्या समाधान गर्छौ,’ उनले भने ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका साइड सव ईन्जिनियर तिलक बोहराले होम पाइप हाल्ने काम स्टमेट अनुसार नभएको बताए । उनका अनुसार होम पाइप हाल्नु पूर्व सोलिङ र पिपिसि १५ सेन्टिमिटर हाल्नु पर्ने भए पनि ठेकेदारले कम हालेको बताए । ‘सोलिङ हाल्ने काम ठिक छ, पिपिसि हाल्ने काम केहि होम पाइपमा कम हालेको छ, विग्रेको ठाउँमा फेरी मर्तत गर्न भनेका छौं,’ सव इन्जिनियर बोहराले भने ।
सडक डिभीजन कार्यालय र आरबी कन्सट्रक्सनसँग करिब २ किलोमिटर ६१ लाखमा यहि असार महिनामा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार नालि, ग्राभिल र होम पाइप राख्ने सम्झौता भएको थियो । आर बी कंस्ट्रक्शन प्राइभेटका सञ्चालक बिरेन्द्र चन्दले होम पाइप हाल्ने काम स्टेमेट अनुसार भएको दावी गरे । ‘स्टेमेट अनुसार पिपिसि हालेको छु, सोलिङ पनि स्टेमेट भन्दा बढी नै हालेको छु, निर्माण कार्यमा अबरोध पु¥याउनेहरुले विरोध जनाएको होलान,’ चन्दले भने । सडक डिभिजन कार्यालयका प्रमुख लक्ष्मी भट्टले साइड इन्जिनियरलाई सम्पूर्ण जिम्मेवारी दिएको बताउँदै अनुगमन गरेर काम स्टेमेट भन्दा कम भए कारबाही समेत गर्ने बताएका छन ।
















प्रतिक्रिया