५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । सिभिल बैंक लिमिटेडले अब २ सय २२ दिने मुद्दती खातामा पैसा जम्मा गर्ने ग्राहकहरुलाई १२ दशमलव २२ प्रतिशत वार्षिक व्याज प्रदन गर्ने भएको छ । नववर्ष २०१८ को सौगात स्वरुप यो योजना ल्याइएको बैंकले जनाएको छ ।

बैंकले यस अघिदेखि नै शुन्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८ दशमलव ५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको छ । यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्च प्रतिफल प्राप्त गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । आगामी दिनमा पनि सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि यस्तै नयाँ–नयाँ योजना अघि सार्ने बताएको छ ।