सुनसरी, १३ पुस । सुनसरीमा एक महिलाले दुई टाउको र चार हात भएको शिशुलाई जन्म दिएकी छन् ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा मंगलबार भर्ना भएकी इनरुवा– ८ की सोनम मण्डलले चार हात, दुइ टाउको र दुई खुट्टा भएको नवजात शिशुलाई जन्म दिएकी हुन् ।
प्रतिष्ष्ठानका डा. सूर्यप्रसाद रिमालका अनुसार व्यथा लागेर आएकी सोनमको तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुई टाउको र दुई खुट्टा भएको बच्चा जन्मिएको थियो । छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको नवजात शिशु जन्मेको डा रिमालले बताए ।
यद्यपी उक्त नवजात शिशु स्वास प्रस्वासको समस्याले जन्मेको २४ घण्टा पछि मृत्यु भएको छ । चिकित्सकहरुले नली हालेर स्वासप्रस्वास सहज बनाउन खोजेपनि परिवारले नमान्दा शिशुको निधन भएको बताइएको छ ।












प्रतिक्रिया