५ कार्तिक २०८३, बिहिबार

अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । अंग्रेजी नयाँ बर्षबाट एकहप्ता सम्म मोबाइल खरिद गर्दा लक्की ड्र बाट मोटरसाइकल पाउने योजना ताम्राकार मोबाइल बजारले ल्याएको छ ।

‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने स्लोगनका साथ जनवरी १ तारिखबाट ७ तारिख सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी सुजुकीको एउटा मोटरसाइकल उपहार प्रदान गरिने ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजनाअन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए ।

ताम्राकारकै बम्पर उपहार योजनाअन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए ।

मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो हप्ता गरिने बजारले जनाएको छ ।