२२ कार्तिक २०८३, आइतबार

सखुवाको रुख काट्ने तीनजना प्रहरीको नियन्त्रणमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १३ पुस । सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ स्थित जमुवा टोलमा अवैध रूपमा सखुवाको काठ काट्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले स्थानीय वनमा सखुवाको काठ काट्दै गरेको अवस्थामा सुनसरी रामधुनी–६ बस्ने वर्ष ४५ वर्षीय चन्दन चौधरी, ४० वर्षीय उभिलाल चौधरी र ४० वर्षीय छेदीलाल चौधरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट ६ थान काठ बरामद गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।