अकेरिका । अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख मालती मंगले नाटकका रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ ।
अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्वरा अभिनित दश वटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरू समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो ।
गीति नाटक मालती मंगले, सकुन्तला, अमरसिंह, देउकी, पहाड चिच्याई रहेछ, पृथ्वीनारायण शाह लगायत चर्चित नाटकहरूमा थापाले देउकीको बाबुदेखि पृथ्वीनारायण शाहसम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालीन समाजको चरित्र झल्कन्थ्यो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्मा, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले फूलको माला लगाईदिई सम्मान पत्र प्रदान गरेका थिए ।
पाँच वर्षको उमेरदेखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानदेखि अमेरिकाको न्यूयोर्कस्थित अफ द ब्रोड अवे थीयटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।
समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरूको साना टुक्रा अभिनय गरेर देखाएका थिए ।
अभिनन्दन कार्यक्रम विभिन्न संघ–सँस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनी जनवरीको दोस्रो हप्ताभित्र नेपाल फर्कने योजना रहेको छ ।















प्रतिक्रिया