३१ आश्विन २०८३, शनिबार

हामबर्गमा भव्य रुपमा तमु ल्होसार मनाइयो

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्मनी । गुरुङ जातिहरूको महान पर्व तमु ल्होसारको अवसरमा तमु समाज ह्यामबर्ग, जर्मनीले बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

ह्यामबर्ग शहरमा डिसेम्बर २४ तारिख साँझ शुरु भएको कार्यक्रमसँगै ल्होसार तथा अग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान भएको थियो । समाजका अध्यक्ष लाल बहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सबैलाई ल्होसार अर्थात नयाँ वर्षको उपलक्ष्यमा शुभकामना प्रदान गरेका थिए ।

विदेशी भूमिमा रहेर पनी आफ्नो कला, संस्कृति जोगाउनका लागि सहयोग गर्नेमा उनले सबैमा धन्यवाद दिए ।

जर्मनीको ह्यामवर्ग, बर्लीन लगायत युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यवसायी, विद्यार्थी, कलाकार सर्बसाधारण गरी करिब ६ सय जनाको उपस्थिति रहेको कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

तमुहरूको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतीलाई निरन्तरता दिनको लागि कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु सांस्कृतिक पहिरनमा सझिएर आएका थिए ।

नेपालमा ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तमु, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस वर्ष च्ह्या अर्थात चरा बर्गलाई बिदाई गर्दै खी अर्थात कुकुर बर्गलाई स्वागत गरेका छन् ।

नयाँ वर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलाको ग्रह दशा शान्ति गराउछन् । भोली पल्ट नयाँ दिनको झुल्के घाम संगै नयां वर्षको स्वागत गर्दछन् ।