२२ कार्तिक २०८३, आइतबार

दिपायल राजधानीको माग गर्दै साताव्यापी संघर्षका कार्यक्रम सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १२ पुस । प्रदेश नं. ७ को राजधानी डोटीको दिपायलमा कायम हुनुपर्ने माग गर्दै साताव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

डोटी उद्योग वाणिज्य संघको संयोजकत्वमा यस अगावै गठित सर्वपक्षिय संघर्ष समितिले बुधबार दिपायलमा सडकमै कार्यक्रम आयोजना गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

बुधबार दिपायलमा आयोजित सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमबाटै संघर्षका कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष सहित संघर्षको कार्यतालिका सार्वजनिक गरिएको छ ।

जस अन्तर्गत भोलि पुष १३ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दिपायल राजधानीका लागि ध्यानाकर्षण पत्र बुझाउने, पुष १४ गते दिउँसो १ बजे पिपल्ला, राजपुर लगाएत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन, पुष १५ गते दिउँसो १ बजे कुलपाते क्षेत्रमा २ घण्टा चक्काजाम गरी कोण सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै पुस १६ गते दिउँसो १ बजे पिपल्ला बजार क्षेत्रमा कोण सभा, पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्याली र पुष १८ गते दिउँसो १ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडी दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ । आवश्यकताका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गर्नेमा सर्वपक्षिय प्रतिवद्धता रहेको छ ।

ऐतिहासिक डोटी गौणा रहेको, साविकको सुदूरपश्चिमाञ्जल विकास क्षेत्रको सदरमुकाम रहेको, पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, सामरिक महत्वका दृष्टिकोणले उपयुक्त, भौगोलिक समदुरी, उच्च अदालत, प्रदेश स्तरीय प्रहरी मुख्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय पनि दिपायलमा कायम भइसकेकोले प्रदेश नं. ७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटीका बासिन्दाहरुको माग रहेको छ ।