कञ्चनपुर, १२ पुस । म्यादी प्रहरी सेवाबाट अवकाश पाएको दुई दिन नवित्दै कञ्चनपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
शुक्लाफाटा नगरपालिका १० स्थित झलारी निवासी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेकी पूजाको उपचारको क्रममा निधन भएको हो ।
झलारीका स्थानीय पत्रकार अर्जुन सिंहका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा कार्यरत थिइन् । निर्वाचन सम्पन्न भएपछि भर्खरै विदाई भएर घर फर्किएकी पूजाले एकाएक मृत्युवरण गरेकी हुन् ।
मृत्युपूर्व उनले सामाजिक सञ्जाल फेसबुकमा ‘आकाशमा चम्किने तारा बनिदिन्छु एक दिन अनी तिमी हेरिमात्र रहनु’ भन्ने सन्देश लेखेकी थिइन् । उनको यो सन्देशले प्रेममा धोका खाएर आत्महत्याको बाटो रोजेको आशंका गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीको भनाई छ ।
यस्ता छन् उनका स्टाटसः















प्रतिक्रिया