३१ आश्विन २०८३, शनिबार

समाज सेवा अभियानको अध्यक्षमा भट्टराई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । समाज सेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले डिल्लीराम भट्टराइको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिबहादुर शाही, सचिवमा कृष्णप्रसाद न्यौपाने, सह–सचिवमा शिवराज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सह–कोषाध्यक्षमा मनोज कुँवर चयन भएका छन् ।

सदस्यहरूमा यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिलबहादुर खड्का, खेम पंगेनी, युवराज अर्याल रहेका छन् ।