कपिलवस्तु ,९ पुस । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेको विद्यालयका प्रधानाध्यपकहरुलाई सरसफाई सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । शिवराज नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने उद्देश्य स्वरुप सो प्रशिक्षण दिइएको हो ।
नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेर स्वच्छ बनाउने योजना रहेकोले त्यसमा शिक्षक र विद्यार्थीको महत्वपूर्ण भुमिका हुने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । विद्यार्थीलाई सानै उमेरदेखि सरसफाईमा ध्यान दिलाउन शिक्षकले मात्र सक्ने भएको शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने उनले बताए । सन २०३० सम्म नेपाललाई पुर्ण सरसफाई घोषणा गर्नुपर्ने भएकाले त्यो घोषणा गर्न शिक्षकहरुको भुमिका रहने भएकाले सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नगरपालिकाभित्र रहेका ५८ वटा शैक्षिक संस्थाका प्रअहरुको सहभागिता रहेको थियो । सर्वप्रथम विद्यालयमा सरसफाई हुन आवश्यक रहेको शिक्षकहरुले बताए । कतिपय विद्यालयमा आर्थिक अभावले पूर्ण रुपमा शौचालय, खानेपानीलगायतका पूर्वाधार निमार्ण हुन नसक्दा समस्या परेको शिक्षकहरुको भनाई रहेको थियो ।
नगरभित्रकै कतिपय विद्यालयमा भने कागजरहित विद्यालय समेत रहेकोले शिक्षकहरुकै सक्रियातामा सरसफाइमा ध्यान दिनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई रहेको थियो । युनिसेफको सहयोग तथा शिवराज नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा रमेश पाण्डेले सहजीकरण गरेका थिए ।












प्रतिक्रिया