२२ कार्तिक २०८३, आइतबार

‘देश निर्माण गर्ने ठूलो जिम्मेवारी महिलाहरुको काँधमा छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), ९ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले महिला निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न महासंघ प्रतिबद्ध रहेको बताएका छन् । पोखरामा सम्पन्न महिला निर्माण व्यवसायीहरुको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला निर्माण व्यवसायीहरुलाई शशक्त बनाउन राज्यले पनि ठोस कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।

मुलुक नवनिर्माण तथा पुर्ननिर्माणको चरणबाट गुज्रिरहेको अहिलेको अवस्थामा महिला निर्माण व्यवसायीहरुको काँधमा पनि ठूलो दायित्व आएको अध्यक्ष श्रेष्ठले बताए । महिला निर्माण व्यवसायीहरु बलियो भएमा देशको समग्र निर्माण उद्योग अझ बलियो हुने उनले बताए । देशभरका निर्माण व्यवसायीहरुले अहिले पनि विविध समस्या झेल्नु परेको भन्दै श्रेष्ठले अब बन्ने सरकारले व्यवसायीका सबै खाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, उपाध्यक्षहरु रुद्र शर्मा, निकोलास पाण्डे, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय विष्णु बुढाथोकी, सूर्यप्रसाद तिमिल्सिनालगायतले महिला निर्माण व्यवसायीहरुलाई अझ शशक्त बनाउँदै लैजानु पर्ने बताए ।

महिला निर्माण व्यवसायी समन्वय समिति संयोजक रमिला लामाको अध्यक्षतामा भएको कार्यक्रममा महिला निर्माण व्यवसायीहरुले अन्य क्षेत्रमा जस्तै निर्माण व्यवसाय क्षेत्रमा पनि महिलाहरु निकै पछि रहेको बताइएको छ । समिति स्रोत साधन कमिका बाबजुदपनि महिला निर्माण व्यवसायीहरुले उत्कृष्ट काम गरिरहेको सहभागी महिलाहरुको भनाइ थियो । महिला निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि ठोस कार्यक्रम ल्याउन उनीहरुले महासंघ नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।