२२ कार्तिक २०८३, आइतबार

लागुऔषधसहित ३ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका-१० बाट लागुऔषध सहित जियालाल महतोलाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट नुफिन ३७ एम्पुल, डाईजाल्याब ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल बरामद गरेको छ ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका-२, नागढुंगामा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९५०९ नंबरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा विवेककुमार सिंह र नितेश श्रेष्ठलाई नाईट्राजोपाम ३८४ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्तमा राखी आवश्यक अनुसन्धान भैरहेको छ ।