३१ आश्विन २०८३, शनिबार

बर्मिनमा नेपालीले नयाँ बर्ष सन् २०१८ को अवसरमा विशेष कार्यक्रम गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्मिन । जर्मनी निवासी नेपाली समुदायले अंग्रेजी नयाँ बर्ष सन् २०१८ को अवसरमा बर्मिन सहरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय कलाकार मन्च र ईजि ब्यान्ड जर्मनीको संयुक्त आयोजनामा डिसेम्बर ३१ तारिख साँझमा हुने कार्यक्रममा स्थानीय नेपाली कलाकार तथा ज्याकोव विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको समेत विशेष प्रस्तुती रहने आइएएफ जर्मनीका अध्यक्ष बेल गुरुगंले जानकारी दिए ।

नेपाली कला संस्कृती झल्कने विभिन्न गित संगित तथा नृत्य समेत प्रस्तुत हुने कार्यक्रममा यस पटक जर्मनीका विभिन्न शहरहरु लगायत यु के र नेदरल्यान्ड बाट पनि कलाकारहरु आउने भएका छन।स्वादिष्ट नेपाली परिकारका खानाहरुको पनि ब्यबस्था गरिएको छ।