३१ आश्विन २०८३, शनिबार

जर्मनीमा तमु ल्होसार भव्य रुपमा मनाउने तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हामबर्ग । तमु समाज हामबर्ग, जर्मनीले तमु ल्होसार भव्यताका साथ मनाउने भएको छ ।

सन् २००२ मा तमुहरुको आस्थाको केन्द्रको रुपमा स्थापना गरिएको तमु समाज हामबर्गले हरेक वर्ष झै यसपाली पनी ‘तमु ल्होसार’ मनाउन लागेको आयोजक सुन्दर गुरुङले जानकारी दिए ।

विदेशी भूमिमा नेपाली कला संस्कृति र मौलिक चाडलाई जोगाइ राख्ने उद्देश्यका साथ विगत १५ बर्ष देखि प्रत्येक बर्ष नेपाली समुदायलाई समेटेर कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

यहि डिसेम्बर २४ तारिखका दिन मनाउन लागेको यस चाडमा नेपाली कला संस्कृती झल्कने विभिन्न प्रस्तुती तथा डिजे सुन्दर गुरुङबाट सामुहिक नृत्य लगायतका कार्यक्रम रहने अध्यक्ष लाल बहादुर गुरुङले बताए ।

कार्यक्रममा जर्मनीस्थित नेपाली राजदुत रमेश प्रसाद खनाल, एनआरएनए प्रतिनिधीहरु, गायक गायिका, कलाकार, पत्रकार तथा नेपाली समुदायको उपस्थिती रहने छ ।

साँझ ८ बजेबाट Schlenzig Str 11, 21107 Hamburg मा डिनर सहित शुरु हुने कार्यक्रममा प्रतिब्यक्ति २० युरो, परिवारको ३५ र विद्यार्थीहरुका लागि १५ युरोको टिकट तोकिएको आयोजकले जनाएको छ ।

प्रत्येक वर्ष १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको छ ।

यो पर्वमा मान्यजनहरुको आशिवार्द लिने र शुभकामना आदानप्रदान गरिने, राम्रो लगाउने, मीठो खाने प्रचलन रहेको छ ।