२२ कार्तिक २०८३, आइतबार

बिदेश लैजाने भनी महिलालाई भारत पुर्याउने दलाल पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ८ पुस । नेपालबाट भारतको बाटो हुदै महिलालाई बिदेश लैजाने भनी भारतको बलैइ गाउँसम्म लैजाने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका–९ भवानीपुर बस्ने ३३ बर्षीय नवराज हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारतको बाटो हुदै बिदेश लैजाने भनी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३९ बर्षीया महिलालाई भारतको बलैइ गाँउसम्म लैजान लागेको अवस्थामा निजलाई पक्राउ गरी महिलाको उद्धार गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।