३१ आश्विन २०८३, शनिबार

ठकुरी समाज ओमनद्वारा आयोजित भलिबल प्रतियोगितामा मोना ओमन प्रथम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमन । ठकुरी समाज ओमन द्वारा आयोजित भलिबल प्रतियोगिता डिसेम्बर २२ तारीख शुक्रबारको दिन ओमनको मस्कट गोब्रा पावर पलान्ट खेल मैदान मा सम्पन्न भएको छ । सम्पन्न उक्त खेलमा मोना ओमनको १ टिम सहित ओमनमा सक्रिय रहेका बिभिन्न संघ सस्था तथा क्लबका गरी कुल ११ टिम को सहभागिता रहेको थियो । ओमनमा स्थापना भएका संघ सस्थाको बाक्लो उपस्थितमा रहेको खेल निकै प्रतिस्पर्धा र रोचक भएको थियो ।

मोना ओमनले नवलपरासी, पर्शन क्लब लाई पराजित गर्दै प्रथम उपाधि हात पार्न सफल भएको थियो । प्रथम पुरस्कार नगद ८० रियल,कप,मेडल, प्रमाणपत्र प्राप्त र्गयो । उत्कृष्ट खेलाडीको पुरस्कार मोना ओमनका सदस्य अजय परियारले पाएका थिए । खेलमा मोना ओमानका अध्यक्ष, उपाध्यक्ष,गणेश चोखाल, धन बहादुर छन्त्याल,महासचिव ठहर प्रसाद श्रेष्ठ कोषाध्यक्ष राम चन्द्र के सि,सदस्य सल्लाहकार लगायत म्याग्दीवासीको उपस्थिति रहेको थियो । बिगत ९ वर्ष देखि ओमनमा कार्यरत खेल प्रेमी सम्शेर पुर्जाले हामी पहिला एक दुई जना कम्पनीको नाममा भलिबल खेल्ने गरेको भएता पनि कहिले पनि जित्न सकिएको थिएन, अहिले मोना म्याग्दीको स्थापना संगै खेलकुदमा प्रथम स्थान हासिल गरेका छौँ । खुशी लागेको छ । आउँदा दिनमा अझै सक्रिय भएर अगाडि बढ्ने बताउनु भयो ।

सस्था स्थापनाको छोटो समयमा नै मोना ओमन द्वारा खेलकुद क्षेत्रमा आफुलाई बलियो रुपमा प्रस्तुति गरेको र आगामी दिनमा हुने खेलकुद क्षेत्र लगायत अन्य क्षेत्रमा पनि सक्रिय रूपमा अगाडि बढ्ने मोना ओमनका सल्लाहकार एन आर एन ओमानका कोषाध्यक्ष सेवन्त पुर्जाले बताउनु भयो । उहाले टिम क्याप्टेन राज पुन लगायत खेलाडी, ओमनमा कार्यरत सम्पुर्ण म्याग्दीहरुमा सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो ।

मोना ओमानका अध्यक्ष , विभेद विरुद्धको अभियानता, लेखक पूर्ण बहादुर विक (पहाडी)ले बेरोजगारी समस्याले बिदेशीनु परे पनि म्याग्दी वासिहरु हरेक क्षेत्रमा अगाडि छन,अबको दिनमा म्याग्दी प्रबासी संग मोनाले म्याग्दी जिल्लामा लगानी गरि आफ्नो देशमा नै रोजगारको वातावरण बनानु पर्ने बताउनु भयो । सधै बिदेशमा रोजगार खोज्नु भन्दा पनि सयुक्त लगानीको वातावरण बनाएर म्याग्दीवासीले स्थानीय उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्नुपर्छ । यो विषयमा सबै बिदेशमा कार्यरत म्याग्दीवासीले सोच्नुपर्ने दिन आएको छ, म्याग्दीले आलु मात्रै उत्पादन गरेर निर्यात गर्न सक्यो भने पनि म्याग्दी वासी बिदेशीनु पर्दैन ।

म्याग्दीमा जडिबुटी, नुन लगायत अन्य धेरै उद्योग स्थापना गर्न सकिने सम्भावना छ तर सधै हामीले बिदेशलाई प्राथमिकतामा राख्ने गद्छौ । अब अवस्था लाई बिस्तारै अन्त गर्नु पर्छ । बिदेशमा कार्यरत म्याग्दी वासी युवाहरूले स्वदेश फिर्ता अभियान पनि शुरु गर्नु पर्ने समय आइ सकेको बताउनु भयो ।