३१ आश्विन २०८३, शनिबार

न्युजर्सीमा नेपाली चेली बिष्णुमाया परियार सम्मानित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

न्यू जर्सी, अमेरिका । साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कारद्वारा एड्वान संस्थाकी संस्थापक नेपाली सामाजिक अभियन्ता डा बिष्णुमाया परियारसहित ८ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरु सम्मानित गरिएको छ ।

साउथ एशियन कम्युनिटी आउटरिच (साको) द्वारा डिसेम्बर २१ तारिख अमेरिकाको न्यू जर्सी राज्यको ईडिसन शहरमा आयोजित वार्शिक ईण्टरफेथ होलिडे उत्सवमा कम्यूनिटी सर्भिस पुरस्कारद्वारा सामाजिक अभियन्ता डा परियार सम्मानित भएकी हुन् ।

सम्मानित अन्य ७ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरुमा सिटिजन अफ दि ईयर पुरस्कारबाट टिभी एशियाका संस्थापक एवं भारत सरकारबाट पद्मश्री पदकद्वारा सम्मानित एच आर शाह, सर्भिस ईम्पाक्ट पुरस्कारबाट ग्लोबल हरायना च्याम्बर अफ कमर्सका अध्यक्ष बलिन्दर सिं कुन्दु, कम्यूनिटी आउटरिच पुरस्कारबाट नासाउ काउन्टी न्यू योर्क माईनोरिटी अफेयर्स कम्ट्रोलर दिलिप चौहान, साउथ एशियन कम्यूनिटी भ्वाईस पुरस्कारबाट वरिष्ट रेडियो संचारकर्मी कुलराज भूषण आनन्द, सिभिक अवेयरनेस पुरस्कारबाट डा. मोहम्मद जुबेर, सोसल जस्टिस अवार्डबाट जिम्मी स्माईल र कम्यूनिटी लिडरशिप पुरस्कारबाट क्लारिसा रोमेरो छन् ।

उक्त समारोहमा सम्मानित व्यक्तित्वहरुलाई न्यू जर्सी राज्यकी सिनेटर लिन्दा ग्रीन्स्टिन, ईडिसन शहर मेयर टोम लाङ्के, नेपाली महाणिज्यदूत मधु मरासिनी, साको संस्थापक साम खान लगायत विशिश्ट अतिथिहरुबाट कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

समारोहमा बिबिध धर्म र संम्प्रदायका धर्मगुरुहरुद्वारा सामूहिक प्रार्थना गरिएको थियो भने दक्षिण एशियाली ६ मुलुकहरु नेपाल, ईण्डिया, पाकिस्तान, श्रीलङ्का, बंग्लादेश, माल्दिभस र भुटानको झण्डासहित शान्ती स्काउट मार्च गरिएको थियो ।