३१ आश्विन २०८३, शनिबार

हुण्डी कारोबार गर्ने १२ नेपाली दक्षिण कोरियामा पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

सोल, ८ पुस । दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपालीसहित २६ विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १२ नेपाली र १४ चिनियाँ नागरिक भएको कोरिया प्रहरीको अपराध शाखाले जनाएको छ।

प्रहरीले हुण्डी कारोबारीबाट झण्डै दुई हजार ८ सय अर्ब कोरियन वोन बरामद गरेको छ । कोरियामा ठूलो संख्यामा हुण्डी कारोबारि समातिएको पहिलो घटना हो ।

अपराध अपरेशन नामक यो कारबाहीले कोरिया सरकार समेत चकित परेको छ ।

हुण्डी कारोबारको आरोपमा यस अघि पनि नेपालीसहित विदेशी नागरिक पक्राउ परेको भएपनि यो कार्बाहीले हुण्डीसँग अपराघको ‘कनेक्सन’ समेत फेला परेको प्रहरीको दाबी छ ।

प्रहरीले सुवनमा रेष्टुरेण्ट व्यवसाय गर्ने ‘पि’ नाम गरेका ‘हुण्डी नाइकेसहित १२ नेपाली पक्राउ परेको पुष्टी गरेको छ ।

पक्राउपरेका सबैमाथि अनुसन्धान सुरु भएकाले अहिले नै सबै विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ ।

हुण्डीको रकम चीनिया भ्रष्टाचारी संगठनदेखि मुस्लिम अपराधिक संगठनसम्म पुगेको प्रहरीको अनुमान छ ।