– माधव बेल्वासे
कपिलवस्तु, ७ पुस । कपिलवस्तुका महिलाहरुले आफूहरुलाई कानुनी कुराहरु थाहा पाउनुपर्ने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा आयोजित एक कार्यक्रममा महिला सधैँ चुलोचौकोमा मात्र सिमित रहने गरेकोले कानुन र अधिकारको कुराबाट बन्चित हुनुपरेको बताए । कृष्णनगर नगरपालिकाको सहयोगमा दियालो नेपालले आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा महिलाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी भएकी मुन्नु रैदासले कानुनी कुराको र संविधानमा महिलाका लागी राखिएको कुराहरु स्थानियस्तरका महिलालाई पनि जान्नुपर्ने बताईन । रैदासले कृष्णनगर नगरपालिका र दियालो नेपालको सक्रियतामा महिलाहरुलाई कानुनी विषयमा जानकारी गराएकोमा धन्यवाद दिइन् । त्यस्तै सहभागी मतिया थापाले पनि सचेतना कार्यक्रमबाट महिलाहरुका कानुनी कुरा र हक अधिकारको बारेमा जान्न पाएको धारण व्यक्त गरिन् ।
स्थानिय निकायबाट महिलाको लागी छुट्टै अधिकार कार्यक्रम भएपनि ति कार्यक्रम सहि ठाउँमा महिलाले नै उपभोग गर्न पाउनुपर्ने सोहि कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । महिलाहरुको लागी सिप तथा विभिन्न सिपमुलक तालिमहरु रहने गरेकोले महिला आत्मनिर्भर बन्नको लागी पनि संघ संस्थासँग नजिक रहेर कार्य गर्नुपर्ने उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुशरण सिंहले बताए । त्यस्तै क्षेत्रबहादुर खत्रीले महिला अब अग्रसर बनेर आफ्नो हक अधिकार र कानुनी विषयमा जान्नुपर्ने धारण राखे ।
कार्यक्रम सरद अधिकारी र मिना परियारले सहजीकरण गरेका थिए । कार्यक्रम दियालो नेपालका अध्यक्ष कमला भुषालको अध्यक्षतामा भएको थियो ।












प्रतिक्रिया