२२ कार्तिक २०८३, आइतबार

विर्तामोडमा सडक अतिक्रमण हटाउन सुरु: कोही खुसी, कसैलाई चिन्ता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली
विर्तामोड (झापा), ७ पुस । पुर्वको व्यस्त मानिने विर्तामोड शहरको सडक अतिक्रमण हटाउन सुरु गरिएपछि स्थानीयवासीहरु हर्षित भएका छन् । स्थानिय जनप्रतिनिधिहरुको काम कमजोर भइरहेको गुनासो आइरहेका बेला सडकको अतिक्रमण हटाउन सुरु गरिएसँगै सर्वसाधरण समेतले यो अभियानलाई स्वागतयोग्य भनेका छन् ।

आफुहरुको सडकमा व्यावसाय गरिरहेको पसल समेतमा सडक विभागले रातो मसीले कोरिदिएपछि व्यावसायीहरु भने चिन्तित बनेका छन् । लामो समयदेखि व्यावसाय गरिरहेको भएपनि सुन्दर नगर बन्छ भने व्यावसाय सार्न समेत आफुहरु तयार रहेको चन्द्र खरेलले बताए । आफुहरुले घरधनीलाई मासिक भाडासहित एकमुष्ठ एडभान्स पैसा पनि दिएको बताएका छन् ।

विर्तामोड नगरपालिकाले लामो समयदेखि सडकमा बनेका भौतिक संरचना तथा टहरा, फुटपाथ हटाउन अनुरोध गरेको र अब कुनै हालतमा पनि विर्तामोड बजारका सडकका भाग खाली गराएर छाडिने स्थानिय ४ वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले बताए । सडक खाली गर्नुको विकल्प नभएको भन्दै संग्रौलाले विर्तामोडलाई नमुना शहर बनाउन पनि विर्तामोडदेखि भद्रपुरसम्म जाने सडक को अतिक्रमण हटाउन लागिएको बताए । पुर्व–पश्चिम राजमार्गको केही भागहरु गत महिना हटाएको, बाँकी भाग पनि तुरुन्तै हटाउने उनले बताए । अवरोध आएपनि परवाह नगरिने उनले बताएका छन् ।

विर्तामोड हराभरा बनाउने बाहानामा कुरुप बनाउन नहुने विर्तामोड उद्योग बाणिज्य संघका सदस्य सन्जय घिमिरेले बताए । विर्तामोडका व्यावसायीलाई ध्वस्त हुने गरि अतिक्रमण हटाइन नहुने र हटाएपनि तुरुन्त मिलाउने पर्ने घिमिरेले बताए । गरिएको काम स्वागतयोग्य भएपनि कस्तो बन्छ त्यो हेरेर मात्रै बाणिज्य संघले साथ दिने उनको भनाइ छ ।

विर्तामोड नगरपालिकामा हाल १ लाख भन्दा धेरै जनसंख्या रहेको छ भने १२ हजारको हारीहारीमा पक्की घर निर्माण भएका छन् । सडक अतिक्रमण हटाउन सके सडक दुर्घटनामा कमी आउने सडक विभागले आशा राखेका छ । जिल्ला ट्राफिक कार्यालय विर्तामोडले समेत अव्यव्थीत विर्तामोडलाइ व्यवस्थित बनाउन सकिने आशा राखेका छ ।